प्रधानमन्त्री – चिनियाँ प्रमण्डल भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ पाओ नेतृत्वको प्रमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।
चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
के साँच्चै कम्युनिष्ट नै छौं त हामी अहिले ? – अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताउनुभएको छ । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताउनुभयो ।
विशेष सुरक्षा योजना तयार
नेपालीहरूको महानचाड दसँै, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौँ उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ ।
मुग्लिन–पोखरा सडक चार लेनको बन्ने
साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो ।