शिक्षा प्रणालीमा सुधारको खाँचो : उपराष्ट्रपति पुन
गोरखापत्र अनलाइन ,
आश्विन ४, २०७६ शनिबार
उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घद्वारा आज आयोजित ‘प्रथम राष्ट्रिय परिषद्’को उद्घाटन समारोहमा उहाँले शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने बताउनु भएको हो ।