महत्त्वपूर्ण विधेयक अझै पनि विचाराधीन नै
गोरखापत्र अनलाइन ,
आश्विन ४, २०७६ शनिबार
सङ्घीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।