नौबिसे–नागढुङ्गा सडक ‘नो ओभरटेक जोन’
गोरखापत्र अनलाइन ,
आश्विन ७, २०७६ मंगलवार
नेपालीको महान पर्व दशैँ र तिहारको समयमा अत्यधिक सवारी चापलाई ध्यानमा राखेर नौबिसे–नागढुङ्गा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । नौबिसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुङ्गासम्मको झण्डै १५ किलोमिटर राजमार्ग उकालो, साँघुरो र धेरै मोड भएकोले चालकलाई लेन अनुशासन मान्न कडाइ गरिएको हो ।