वकीलले वयान लिन पाउने गरी केन्द्रीय कारागारमा भिडियो कन्फरेन्स हल निर्माण
रासस
भाद्र २१, २०७६ शनिबार
मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो ।