फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् । यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको...