logo
२०८१ बैशाख १७ सोमवार



कर्णाली राजमार्ग अवरुद्ध

पढ्नै पर्ने |


कर्णाली राजमार्ग अवरुद्ध


मान्म, भदौ १० गते । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “ आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?