logo
२०८१ मंसिर ८ शनिवार

  विकास बैंक ह्याकिङ प्रकरण 



प्रहरी मुख्य ह्याकर नजिक, विशेष टोली भारत पुग्यो

पढ्नै पर्ने |
खुला |


प्रहरी मुख्य ह्याकर नजिक, विशेष टोली भारत पुग्यो


देवबहादुर कुँवर

काठमाडौँ, कात्तिक ७ गते । कृषि विकास बैंक लाहान शाखाको ‘सिस्टम’ नै ह्याक गरी करीव पाँचकरोड चोरी घटनाका मुख्य अभियुक्त पिटर भन्ने अफ्रिकी मुलुक नाइजेरियाली नागरिक रहेको पाइएको छ ।
अभियुक्त पिटर भारतमा रहेको खुलेको र निजलाई पक्राउ गर्न प्रहरी टोली भारत पुगेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, भारतमा रहेका पिटरको पहिचान खुलेसंगै नेपाल प्रहरीको विशेष टोली पक्राउका लागि परिचालन गरिएको छ । उनको पक्राउपछि बैंकिङ सिस्टम ह्याकिङ अपराध सम्वन्धी विस्तृत विवरण वाहिर आउने अपेक्षा गरिएको छ ।
महाशाखा प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले मुख्य अभियुक्त पिटर भन्नेको पहिचान खुलेको बताउनुभयो । विस्तृत विवरण वाहिर ल्याउदा अनुसन्धान प्रभावित हुने भएकाले केही खुलाइएको छैन, उहाँले भन्नुभयो–पक्राउको प्रयास जारी छ ।
कृषि विकास बैंकको प्राविधिक टोलीले पनि लाहान शाखाका अधिकृत सुनिलकुमार साहको कम्प्युटरबाट युजर नेम र पासवर्ड चोरी भएको हो वा ह्याक भन्ने विषयमा विस्तृत विवरण दिन सकेको छैन । जस्का कारण अनुसन्धानमा केही ढिलाई भइरहेको छ ।
प्रहरीले शाखा अधिकृत साहलाई पक्राउ गरी अनुसन्धान गर्दा उहाँले युजर नाम र पासवर्ड चोरी भएको वयान दिनु भएको छ । उहाँको वयानले प्रहरीलाई मुख्य अभियुक्त पिटर पक्राउ गर्नै पर्ने थप दवाव आइलागेको छ ।
कृषि विकास बैंक ह्याकिङ अपराधमा संलग्न रहेको अभियोगमा अपराध महाशाखाले हालसमम १७ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुमा फरार अभियुक्त पिटरका सहयोगीहरू र ती सहयोगीका पनि सहयोगीहरु छन् । पिटर सहित पाँचजना अझै फरार छन् ।
पक्राउ परेकाहरु मध्ये नौजना कृषि विकास बैंकको विभिन्न शाखामा खाता रहेका ग्राहक छन् । पिटर तथा उनका सहयोगीहरुले अज्ञातस्रोबाट ब्यक्तिगत खातामा जम्मा भएको रकम मध्ये १५ देखि ३२ प्रतिशत कमिसन राख्न लगाई बाँकी हुण्डीमार्फत भारत पठाउन निर्देशन दिदै आएका थिए ।
गत असोजको पहिलो हप्ता वानेश्वरस्थित पानस रेमिटेन्समा कार्यरत एकयुवतीको युजर नाम र पासवर्ड प्रयोग गरी रसुवाकी लक्ष्मी तामाङ, निमा तामाङ र लवाङ तामाङका नाममा विभिन्न स्थानबाट नियमित रुपमा रकम आइरहेको थियो ।

  ह्याकिङमा संलगन रहेकाहरु मध्ये १७ जना पक्राउ
  पाँचजना फरार
  हुण्डी गरि भारत पठाइएको १० लाख मध्ये सम्पूर्ण रकम बरामद
  पिटरको पक्राउ पछि थप रहस्य खुल्ने अपेक्षा


सो रहस्यमय घटनामाथि शंका लागि रेमिटेन्सका कर्मचारीले नै प्रहरीलाई खवर गरेपछि कृषि विकास बैंक लाहान शाखा कर्जा अधिकृत साहले प्रयोग गर्ने कम्प्युटरको यजुर नाम र पासवर्ड चोरी वा ह्याक भएको रहस्य खुलेको हो ।
यसरी, अज्ञात स्रोतबाट ब्यक्तिगत खातामा जम्मा हुने र आइएमईबाट प्राप्त हुने सम्पूर्ण नगद कृषि विकास बैंक लाहान शाखाको ब्याज रकम भएको बैक व्यवस्थापन समितिले जनाएको छ । प्रहरीका अनुसार, शाखा अधिकृत साह र फरार अभियुक्त पिटरबीच कुनै सम्पर्क तथा सम्वन्ध देखिएको छैन ।
अभियुक्त पिटर ग्राहक भएर लाहान शाखामा प्रवेश गरी गोप्य युजर नाम र पासवर्ड चोरी गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । यसअघि कर्मचारीको मिलिमतोको आशंका गरेपनि साहमाथि गरिएको अनुसन्धानले पुष्टि गर्न सकेको छैन ।
पक्राउ परेका हुण्डी कारोवारी शुभांकर पन्जा, पर्वतका गणेश बस्याल, नुवाकोटका लवाङ तामाङ, लमजुङका विद्याासागर लामिछाने, कैलालीका चन्द्रबहादुर बुढा र यज्ञराज भट्टलाई विभिन्न शाखामा रहेको ब्यक्तिगत खाताबाट रकम झिक्न लगाउने ब्यक्तिको योजना छअर्व चोरी गर्ने थियो ।
तर, पानस रेमिटेन्स सञ्चालकलाई शंका लागि समयमा नै प्रहरीलाई खवर गर्दा लाहान शाखाबाट ब्यक्तिगत खातामा जम्मा भएको करीव चार करोडका साथै झिकीएको एककरोड ५६ लाख पनि बरामद भएको हो । हुण्डी गरी पठाएको १० लाख वाहेक सम्पूर्ण रकम बरामद भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?