केशबराज पौडेल
काठमाडौं, मङ्सीर २ गते । अहिले राजधानी र नेपालका अन्य केही पहाडी जिल्लामा चेरी अर्थात पैयुँ ढकमक फूलेको छ । विश्व अन्य कुनै मुलुकमा यो मौसमा पैयुँ फूल्दैन तर नेपालमा मात्र यो फूल फूल्नु एउटा फरक विशेषता रहेको छ ।
स्प्रिङ (मार्च,अप्रिल र मे) सिजनलाई चेरी अर्थात पैयुँ फुल्ने महिनाको रुपमा हेरिन्छ । विश्वका सबै देशहरुमा स्प्रिङ सिजनमै चेरी फुल्ने भएकाले मेला समेत लाग्ने गर्छ । विश्वमा स्प्रिङमा फुल्ने चेरी अर्थात पैयुँ जातका फुलहरु नेपालमा हेमन्त ऋतु अर्थात अटम ( सेप्टेमबर अक्टोबर र नोभेम्बर मै फुल्ने गरेका छन् । विश्वमा स्प्रिङमा फुल्ने पैयुँका फुलहरु नेपालमा हेमन्त ऋतुमा फुल्ने भएकाले नेपालका पैयुँहरुलाई विश्वमै बिरलै फुल्ने पैयु्ँको रुपमा लिइन्छ ।
नेपालमा हिउँदको सुरुवातसँगै फु्लहरु फुल्ने क्रम रोकिएपछि पैयुँ फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फुलको रानी समेत भनिने गरिएको छ ।
पैयुँ जातको बृक्षबारे लामो समयदेखि अनु्शन्धान गर्दै आउनु भएका वनस्पती विभागका प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठले नेपालका पैयुँ जातका बृक्षहरू विश्वमै फरक रहेको बताउनु् भएको छ । नेपालमा पर्यटक आउने सिजनमा फुल्ने पैयुँका फूलहरु हेमन्त ऋुतु अर्थात अटममा कु्नै पनि देशमा फुल्ने गरेका छैनन् । उहाँले काठमाडौं उपत्यकामा पैयुँका बिरुवा प्राकृतिक तथा साँस्कृतिक रुपमै महत्वपुर्ण रहेको बताउनु्भयो ।
पैयुँको बिरुवा कसैसँग आयत गरेर ल्याएको बिरुवा नभएको र नेपालको रैथाने बृक्ष भएको डा.श्रेष्ठले बताउनु भयो । उहाँले विश्वका कुनै पनि देशमा नफुल्ने सिजनमा नेपालमा पैयुँको फुल फुल्नु यसको सबैभन्दा उत्तम गुण रहेको बताउनु भयो ।
वनस्पती विभागमा काम गरेको समयमा उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पैयुँ जातको विरुवा रोप्न र सडक विभागसँग समन्वय गरेर सडक किनारामा पैयुँ जातका बिरुवा रोप्न सिफारिस गरिएको उहाँले बताउनु भयो ।
काठमाडौं उपत्यकामा मनाउने चाडपर्वमा समेत पैयँुका काठ तथा हाँगाविँगाको प्रयोग हुँदै आएको डा.श्रेष्ठले बताउनुभयो । उहाँले भन्नु्भयो,‘ यो लचकदार र बलियो काठ भएकाले जात्रामा रथमा प्रयोग हुँदै आएका छन् ।’
तराई तथा मधेशमा बाघ, चितुवा र भालुलाई खोरमा थुन्नको लागि समेत पैयुँको काठको प्रयोग हुने गरेका छन् । पैयुँका हाँगाहरु बलियो हुने भएकाले परापूर्वदेखि धनुषबाँडमा समेत पैयँुको बिरुवाको प्रयोग गरिदै आएको इतिहास रहेको छ ।
पैयँु प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा औषधीय गुणहले युक्त बृक्ष हो । नेपाल सरकारले सडक छेउमा समेत पैयुँका बिरुवाको बृक्षरोपण गरेको छ । पैयुँको वैज्ञानिक नाम प्रनस सिरास्वाइडिस भएको प्राज्ञिक डा.श्रेष्ठले बताउनुभयो । धार्मिक रुपमा बिबाहको मंण्डप तथा ब्रतवन्धका बटुकले भिक्षा माग्ने क्रममा पैयुँको लौरो प्रयोग गर्ने गरिदै आएको छ ।
त्रेता युगमा राम वनबास गएको समयमा रामले पैयुँको लौरो प्रयोग गरेकै कारण धार्मिक कार्यमा पैयुँको प्रयोग हुने गरेको तथ्य रहेको पं.महेश पौडेलले बताउनुभयो ।
नेपालमा पाइने पैयुँ रैथाने प्रजाती हो । पैयुँको बृक्ष आफैमा सफाई खोज्छ । विगत बर्षदेखि सडकका छेउमा रोपिएका पैयुँका रुखमा फूल कम फूल्नुको कारण वातावरण फोहोर बन्दै गएको प्राज्ञ डा.तीर्थबहादुर श्रेष्ठले थप्नुभयो । ‘धूलो उढ्ने ठाँउमा पैयुँ कम फूल्छ’ उहाँले थप्नुभयो ‘ वातावरण राम्रो भएको ठाँउमा पैयुँ मज्जासँग फुलिरहेका छन् ।’
राजधानीमा पैयुँ कम फुल्न थाल्नुको पछाडि वातावरण प्रदूषण भईहेको पुष्टि गरेको डा.श्रेष्ठले बताउनु्भयो । पैयुँलाई किसानले पशु्पालनमा डाँले घासँको रुपमा समेत प्रयोग गर्ने भएकाले नेपालका अधिकाशं भागमा फरक फरक प्रजातीका पैयुँहरु पाईने गरेका छन् ।