गोरखापत्र अनलाइन
काठमाडौं,पुस १८ गते । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन १ किलो ६ ग्राम सहित दुई जना भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू राहदानी नम्बर आर ५०७०३२२ वाहक ३९ वर्षीय महोम्द खासिफ र राहदानी नम्बर जे ८६१९१८३ वाहक ४० वर्षीय महोम्द मुसाफिर रहेका छन् ।
नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएका खासिफलाई भन्सार छलि लुकाइछिपाई ल्याएको अर्ध ठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका मुसाफिरलाई अर्ध ठोस सुन २ सय ६८ ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।