logo
२०८१ मंसिर ९ आईतवार



बि एण्ड सीका सञ्चालक दुर्गा प्रसाइलाई पक्राउ गर्न पत्राचार

पढ्नै पर्ने |
खुला |


बि एण्ड सीका सञ्चालक दुर्गा प्रसाइलाई पक्राउ गर्न पत्राचार


गोरखापत्र अनलाइन

काठमाडौं, माघ २ गते ।  बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले महानगरीय प्रहरी परिसर भक्तपुरलाई पत्राचार गरेको छ ।

प्रसाइलाई अभद्र व्यवहार, गाली बेइज्जती र मानहानी गरेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले उजुरीका आधारमा सो पत्रचार गरेको भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

गत पुस २३ गते  प्रसाइले पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० कराेड घुस मागेकाे अराेप लगाउनु भएकाे थियाे । उहाँकाे आराेपकाे प्रतिपाद गर्दै डा. गिरीले आराेप पुष्टिगर्न चुनाैती दिनु भएकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?