logo
२०८१ माघ ९ बुधवार



प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

पढ्नै पर्ने |


प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ
फाइल तस्विर


काठमाडौँ, चैत २२ गते । सर्वाेच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुुनुुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुुल सुवेदीलाई सुुनुुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी माग ग¥यो । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध दुई र सुुवेदीका विरुद्ध पाँच उजुरी परेका थिए । चुँडालविरुद्धको उजुुरीकर्तालाई समितिले बोलाएकामा उपस्थितिका लागि असमर्थता जनाएको सभापति कर्णले बताउनुुभयो ।

प्रस्तावित न्यायाधीश सुुवेदीविरुद्धका पाँचमध्ये चार जना उजुरीकर्ता समितिमा उपस्थिति भई आआफ्ना कुुराबारे बैठकलाई ध्यानाकर्षण गराउनुभयो । बैठकमा उजुुरीकर्ताले उठाएका कतिपय योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?