logo
२०८१ बैशाख २० बिहीवार



बाघको आक्रमणबाट गैंडा गणनामा संलग्न माउत्तेको मृत्यु

पढ्नै पर्ने |
खुला |


बाघको आक्रमणबाट गैंडा गणनामा संलग्न माउत्तेको मृत्यु
सांकेतिक तस्विर


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, चैत २२ गते । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ ।
विगत पाँच दिन देखि गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ ।
विगत चार वर्षदेखि निकुञ्जको हात्तीसारमा कार्यरत ३१ वर्षीय माउते चौधरीलाई साँझ ५ ३० बजेतिर बाघले आक्रमण गरेको थियो । प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।
बाघले आक्रमण गरेर लछारेर लगेका चौधरीको तत्कालै उद्धार गरिएको भए पनि उहाँको तत्काल मृत्यु भइसकेको जानकारी श्रेष्ठले दिनुभयो । यस अघि शुक्रवार चितवनमा पनि बाघ गणना गर्ने क्रममा जंगलभित्रै ध्रुबे हात्तीको आक्रमणमा परी राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत बिनोद श्रेष्ठ गम्भीर घाइते हुनु भएको छ भने उहाँको हयाम्स अस्पतालमा उपचार भइरहेको छ ।
बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?