logo
२०८१ माघ ९ बुधवार



पुलबाट हाम्फालेका तीन जना युवामध्ये दुईको उद्धार, एक अझै बेपत्ता

पढ्नै पर्ने |
खुला |


पुलबाट हाम्फालेका तीन जना युवामध्ये दुईको उद्धार, एक अझै बेपत्ता
फाइल तस्बिर


चाँदनी आचार्य
लम्की (कैलाली) चैत्र २९ गते । गर्मी मौसम, त्यसमा पनि बिदाको दिन कैलालीको कर्णाली चिसापानी क्षेत्रमा घुम्नेको भीडभाड नै लाग्ने गर्दछ । पछिल्लो समय उक्त क्षेत्रमा कोही पिक्निकका लागि त कोही र्याफ्टिङका लागि त कोही चिसापानीको माछा खादै तस्बिर लिन र टिकटक बनाएर रमाउनका लागि चिसापानी पुग्ने गर्दछन् ।
बर्दिया र कैलालीको सीमा भएर बग्ने कर्णाली नदीमा बनेको चिसापानी पुल नै त्यसक्षेत्रको आर्कषण केन्द्र हो । टिकटकमा प्रख्यात र अरुका अगाडि फरक देखाउने होडमा चिसापानीमा शनिबार दुःखद घटना भएको छ ।
कैलालीको चिसापानीमा शनिबार घुम्न गएका तीनजना युवाले पुलबाट नदीमा हाम्फाल्दा एकजना बेपत्ता भएकाछन् भने दुईजनाको उद्धार गरिएकोछ ।
एउटै विद्यालयमा अध्ययनरत आठ जना सँगै घुम्न गएका मध्ये कोही टिकटकमा व्यस्त थिए त कोही फोटो खिच्न व्यस्त थिए । तीनैमध्येका तीन जनामध्ये शुरुमा हाम्फालेकालाई बचाउन बाँकी दुई जनाले हाम्फालेका थिए ।
इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार शनिबार दिउँसो लम्कीचुहा नगरपालिका २ का साथीहरुसंग घुम्न आएकामध्ये लोकेश प्याकुरेल,वीरेन्द्र सिंह र सञ्जय खड्काले नदीमा हामफालेका थिए । हाम्फालेकामध्ये लोकेश प्याकुरेल र बिरेन्द्र सिंहको उद्धार गरिएको छ भने सञ्जय खड्का भने बेपत्ता भएका छन् ।
प्रहरी कार्यालय प्रमुख दीर्घ बोगटीले शनिबार ब्राईट फियुचर एकेडेमी लम्कीमा कक्षा १० मा अध्ययनरत् ८ जना मध्ये ५ जना एकातिर फोटो खिच्दै गरेका र ती जना युवा पुलबाट हाम फालेको बताउनुभयो ।
हाम फाल्नेमध्ये वीरेन्द्र सिंह पौडिएर निस्केका थिए । सिंहले आफू पौडी खेल्न जान्ने भएकाले साथीलाई बचाउन हाम्फालेको प्रहरीलाई बताएको जनाइएको छ । पौडी खेल्न जान्ने भए पनि घोप्टो पर्दा छातीमा चोट लागी पानीभित्र निसासिएर पौडिन नसकी डुबेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नजिकै र्याफ्टिङमा रहेका र प्रत्यक्षदर्शी स्थानीयले तुरुन्त प्रहरीलाई खबर गरेपछि डुबेको केही समयमै लोकेश प्याकुरेलको उद्धार गरिए पनि सञ्जय खड्का भने डुबेका डुब्यै भएका थिए ।
कार्यालय प्रमुख बोगटीले लोकेश प्याकुरेल डुबेको केही समयमा केही पर देखिएपछि तुरुन्त उद्धार गरिएको बताउँदै अर्का खड्का भने कतै नदेखिएपछि उद्धार गर्न समस्या भएको बताउनुभयो ।
उद्धार गरिएका प्याकुरेलको नाकमुखबाट रगत आएकाले केही समय स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?