वसन्त पराजुली
भरतपुर चैत ३० गते । राप्ती नगरपालिका वडा नम्बर ११ मा आमपानीस्थित चिउडे खोला भन्ने स्थानमा भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेमा राप्ती न.पा. ५ बस्ने वर्ष ३५ का खड्क लामा, खैरहनी न.पा. ९ बस्ने वर्ष ४० का मगन महतो, राप्ती न.पा. ४ बस्ने वर्ष ४५ का सीताराम श्रेष्ठ, खैरहनी न.पा. ९ बैरहनी बस्ने वर्ष ५० की छनिया महतो र नाम वतन नखुलेका अन्दाजी वर्ष २४÷२५ वर्षका पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकमध्ये छनियाको भरतपुर अस्पतालमा र अन्यको पुरानो मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । राप्ति नगरपालिका वडा नम्वर ११ को वडा कार्यालय भवनको ढलान गरी फर्कने क्रममा मजदुर बाेकेको टेक्टर दुर्घटनामा परेको हो । घाइत १९ जनाको जिल्लास्थित विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।
ट्रयाक्टर चालक खैरहनी न.पा. ७ मझुही बस्ने वर्ष २६ का राजन चौधरी, रौतहट मधुनारायण न.पा. १ बस्ने वर्ष २२ का पप्पु महरा, चितवन खैरहनी न.पा. ९ बस्ने वर्ष २५ की मन्जु चौधरी, खैरहनी न.पा. ९ बस्ने वर्ष २१ की सरिता चौधरी, बारा सिम्रनगढ न.पा. ५ बस्ने बर्ष २१ को अबधेस पासबान, बारा सिम्रनगढ न.पा. ८ बस्ने वर्ष २३ का शिवजीकुमार राम, रौतहट दिबिही बस्ने वर्ष १९ का अरुण राम , बारा बुद्दगाउँ न.पा. ८ बस्ने बर्ष २० का विराज चौधरी, मकवानपुर सिलिङे गा.पा. ६ बस्ने वर्ष २५ का दानिर प्रजा छन् ।
त्यस्तै मकवानपुर कान्द्राङ गा.पा. ४ बस्ने बर्ष २० का रङलाल प्रजा, बारा कचौराहा गा.पा. ८ बस्ने वर्ष २७ का राम आधार राम, रौतहट दिपहि न.पा.१ बस्ने वर्ष २४ का नागेश्बर चमार, मकवानपुर राक्सिराङ गा.पा. २ बस्ने वर्ष ४२ का अजय सिंजाली, रौतहट दिपही न.पा. २ बस्ने वर्ष १४ को नितेस राम , राप्ती न.पा. ४ बस्ने वर्ष ४५ को सूर्य ब. श्रेष्ट (गम्भीर), .राप्ती न.पा. ४ बस्ने वर्ष ३० का निर ब. श्रेष्ठ (गम्भीर), नाम थर बतन नखुलेको वर्ष २८ को पुरुष दुर्घटनामा घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । यस्तै घाइते बारा कोल्बी न.पा. ५ बस्ने वर्ष ३२ का प्रभुकुमार रामको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएका मकवानपुर राक्सिराङ गा.पा. ७ बस्ने वर्ष २४ का रमन चेपाङको अवस्था गम्भीर छ उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
घटनामा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आइतवार साझ थाकलटारबाट भण्डारातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
साझ ७.३० बजे भएको सो दुर्घटना टेक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन । क्षमताभन्दा बढी मान्छे रहेकाले दुर्घटना भएको बताइन्छ । घुमाउरो बाटो रातीको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै यस अघि आइतवार बिहान पश्चिम चितवनको रामपुरमा म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए ।