logo
२०८१ माघ ७ सोमवार

  एमाले नेताबीच वार्ता सकियाे  



कार्यदल बनाउने सहमति, मिल्ने दिशामा अघि बढ्यौं : नेता नेपाल

पढ्नै पर्ने |


कार्यदल बनाउने सहमति,  मिल्ने दिशामा अघि बढ्यौं : नेता नेपाल


लक्की चाैधरी/ सपना थामी 
काठमाडौ, वैशाख ३० गते । उद्योगी रामेश्वर थापानिवासमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सम्पन्न भएको छ ।
बैठकबारे जानकारी दिदै नेता नेपालले वार्ता मिल्ने दिशामा अघि बढेको प्रतिक्रिया दिनुभयो ।

दिउँसो २ बजेबाट शुरु भएको वार्ता चार घण्टा चलेर ६ बजे सकिएको हो । नेता नेपाल पक्षका नेताहरुले साँझ ४ बजेसम्मको सहमतिको समय दिएको भए पनि वार्ता नै दुई घण्टा ढिलोग री सकिएकाले केही दिनका लागि राजीनामा दिने कुरा टरेको नेता नेपालले पत्रकारलाई बताउनुभएको छ ।

वार्तापछि बाहिरिने क्रममा नेता नेपालले भन्नुभयो, “अब दुई चार दिनका लागि राजीनामा दिने समय ट-यो ।” पार्टी एकता बलियो बनाउने विषयमा विभिन्न विकल्पबारेमा छलफल भएको र वार्ता सकारात्मक भएको नेता नेपालले बताउनुभयो ।

वैशाख २७ गतेको प्रतिनिधि सभामा विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विश्वासको मतको पक्षमा ९३ मत खसेको थियो । यसपछि भने राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा तोकिएको मिति आज साँझ सकिदैछ ।
संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रमुख प्रतिपक्षी दल नेपाली का“ग्रेसले सरकार गठबन्धनको पहल गर्दै आएको थियो । तर बिहीबार बिहानै सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको स्थायी कमिटी बैठकले असन्तुष्ट पक्ष एमाले नेता माधवकुमार नेपालसहितका ४ नेताहरु सुरेन्द्र पाण्डे, डा. भीम रावल र घनश्याम भुषालमाथी ६ महिनाका लागि गरिएको कारबाही फुकुवा गर्ने निर्णयले सरकार गठनसम्मको गेममा प्रभाव पुग्यो ।
एमाले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक लगत्तै एमाले नेता माधवकुमार नेपाललाई भेट गर्न उद्योगी रामेश्वर थापाको घरमा पुग्नुभएको थियो । यसअघि पार्टी अध्यक्ष ओलीले नेता नेपालसँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?