logo
२०८१ बैशाख १७ सोमवार

  एमाले केन्द्रीय कमिटी बैठक जारी  



दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका नेताहरुलाई निर्देशन

पढ्नै पर्ने |


दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका नेताहरुलाई निर्देशन
तस्बीर साभार : एनएफपीजे


लक्की चौधरी
काठमाडौं, असार १८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १३ औं केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति योजनाबद्ध रुपमा आक्रमणको प्रयास भैरहेकाले सचेत रहन पार्टी पङ्तिलाई निर्देश गर्नुभएको छ ।

“पार्टीका नेता हौं भन्नेहरुले अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य गरेको सैह्य छैन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं, तर यादहोस् हाम्रो आन्दोलन धेरै मजबुत छ ।”

नेता वामदेब गौतम पार्टी एकता जगाउन बैठकमा आउनुभएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा उहाँको स्वागत गर्नुभएको छ । अर्को बैठकमा नेता नेपाल पक्षका नेताहरुलाई पनि सहभागी हुन उहाँले आव्हान गर्नुभएको नेता बस्नेतले जानकारी दिनुभयो ।

 प्रधानमन्त्री ओलीले भन्नुभयो, “वामदेबजीलाई आउने जाने क्रम जारी नगरी आएको आई गर्न अनुरोध गर्द्छु ।” ढिलोचाँडो नेता नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले कोभिड खोप आउनेक्रममा रहेकाले दुई दिनभित्र खोप उपलब्ध हुने बताउनुभयो । सरकारले खोप ल्याउने सबै प्रबन्ध मिलाए पनि केही विरोधी दलले खोप आउन नदिन प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । बैठकमा महासचिब ईश्वर पोख्रेलले बैठकका प्रस्ताब प्रस्तुत गर्नुभएको छ । बैठक अहिले पनि जारी छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप