logo
२०८० चैत्र १६ शुक्रवार

  पहिराेबारे विज्ञ टोलीले फोनमा दियो वस्तुस्थितिको जानकारी  



भीमाथाङमा ठूलो परिमाणमा गेगरान थुप्रिएको छ खतरा टरेको छैन

पढ्नै पर्ने |
राष्ट्रिय |


भीमाथाङमा ठूलो परिमाणमा गेगरान थुप्रिएको छ खतरा टरेको छैन


मकुन्द गैरे
काठमाडौं, साउन २४ गते । बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न शुक्रबार त्यस क्षेत्रमा गएको भूगर्भविद्को टोलीेले काम सुरु गरेको छ ।
शुक्रबार विहानदेखि भेमाथाङमा बसेर ड्रोनको प्राविधिक टोलीले ड्रोनमार्फत र भूगर्भविद्को टोलीले स्थानीय गाइडको सहायताले एकैसाथ सर्वे सुरु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले बताउनुभयो ।


सो पहिरो अध्ययन गर्न भीमाथाङमा रहनु भएका नापी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाले भीमाथाङ ठूलो परिणममा करिब १५ मिटर गेग्रान थुप्रिएर रहेको र त्यसलाई ढुङ्गा जस्तो देखिने बाँधले रोकेर राखेको र यदि त्यो फुटेर आएमा तटीय क्षेत्रमा कल्पना गर्न नसकिने क्षति हुने भेमाथाङबाट फोनमा बताउनुभएको छ ।
उहाँले भेमाथाङमा दुईवाटा नदि मेलम्ची नदि र बेदनाङ रहेको र अहिले बेदनाङ खोलाले बगाएर ल्याएकाे गेगरानले मेलम्ची खोलामा बाढी ल्याएको प्रारम्भीक अनुमान रहेको बताउनुभएको छ । अहिले भीमाथाङको एक छेउको भाग मात्र बगेको र त्यस माथि पनि चिराचिरा परेर धाँजा फाटेकाले खतरा टरेको भन्न नसकिने बास्कोटाले बताउनुभयो ।
अहिले सो क्षेत्रमा मौसम प्रतिकुल भइ रहेकाले टोलीले माथिल्लो क्षेत्रको अध्ययन गर्न नसकेको र आज माथिल्ले क्षेत्रमा जाने तयारी गरेको बताउनुभयो ।


अहिले सर्वेको काम भइरहेको छ सर्वेको काम सम्पन्न भए पछि के कारणले बाढी , लेदो बग्यो भन्ने थाहा हुँने उहाँले जानकारी दिनुभयो । पहिरो गएको स्थान भन्दो माथिको क्षेत्रमा बसेर अध्ययनको काम भइरहेको र चार दिन भित्रमा सर्वेको काम सिध्याउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
मौसमले साथ नदिएको अवस्थामा पनि दुई– तीन दिन थप बसेर सर्वेको काम सम्पन्न गरेर मात्र फर्किने योजना रहेको उहाँले बताउनुभयो ।
जुन ठाउँमा हिजो पनि पानी परिरहेको र उचाईको ठाउँ भएकोले चिसो पनि त्यतिकै रहेको बताइएको छ
पहिरो गएको भेमाथाङ ३८ सय चार हजार मिटर अग्लोमा पर्छ । त्यस क्षेत्र वरपर कुनै बस्ती छैनन् स्थानीय गाईड सोनाम शेर्पाले पहिरो गएको ठाउँको क्षेत्रको बारेमा बाटो देखाइदिनु भएको छ त्यसै अनुसार सर्वेको काम भइरहेको छ ।


प्राविधिक टोलीले बाढी र पहिरो के कारणले आयो भनेर विस्तृत अध्ययन गर्दै छन् । अध्ययनको लागि चाहिने उपकरणको साथै ड्रोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिएको छ ।
ड्रोनमार्फत सर्वे गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीन जनाको टोली गएको छ । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर चार दिन टोली अध्ययनको लागि रहने छ ।
साथै आवश्यक पर्ने बन्दो बस्तीका सामान, खाद्यन्न पकाउने भाडाको साथै जेनेरेटर पनि लगिएको छ । यसै गरि भूगर्भविद्को टोलीले अध्ययनको लागि चाहिने आवश्यक पर्ने सवै उपकरण लैजानु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव उपसचिव शर्माले जानकारी दिनुभयो ।
स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण थाहा हुने उहाँले बताउनुभयो ।


यस अघि पनि विभिन्न सरोकारवाला निकायको टोली त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भए तापनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।
अध्ययनपछि लेदोको बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हुन सक्ने छ । मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठूलो नोक्सानी गरेको छ । खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा टोली गएको हो ।
सो टोलीमा विभागका अर्को भूगर्भविद् गौतम खनाल र प्राकृतिक विपत् जोखिम न्यूनीकरण तथा व्यावस्थापन प्राधिकरणका तीन जना रहनुभएको छ ।
मेलम्चीमा बाढी र लेदो बग्न नरोकिएपछि त्यस क्षेत्रका बस्ती समेत जोखिममा रहेका छन् । शुक्रबार विहान ११ बजे उक्त टोली हेलिकोप्टर मार्फत अध्ययनको लागि त्यसतर्फ गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप