logo
२०८१ बैशाख १३ बिहीवार



बस दुर्घटनामा पाँच जनाको मृत्यु, २७ घाइते

पढ्नै पर्ने |
खुला |


बस दुर्घटनामा पाँच जनाको मृत्यु, २७ घाइते
घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार हुँदै


सहदेव बस्नेत
जाजरकोट, मङ्सिर १२ गते । जाजरकोटमा आज विहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुको साथै २७ जना घाइते भएका छन । नेपालगञ्जदेखि रुकुम पश्चिमको राडी वजारका लागि आउँदै गरेको ना ७ ख २७५७ नंवरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले विहान २ वजे बस दुर्घटना भएको जानकारी पाएपछि परिचालित प्रहरीले घाइते हरुको उद्धारगरी जिल्ला अस्पताल जाजरकोटमा पुर्याएको बताउनु भयो । मृतकहरुको पहिचान नभएको र घाइते हरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको डिएसपी थापाले बताउनुभयो । बस केकसरी दुर्घटना भएको वारे अनुसन्धान भइरहेको थापाले जानकारी दिनुभयो । घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?