logo
२०८१ मंसिर ८ शनिवार

  वन्यजन्तु मैत्री पूर्वाधार बनेनन्  



करेन्ट लागेर शनिबार तीन गिद्ध मरे, हालसम्म एकसय मरेको अनुमान

पढ्नै पर्ने |
खुला |


करेन्ट लागेर शनिबार तीन गिद्ध मरे, हालसम्म एकसय मरेको अनुमान
गौ संरक्षण केन्द्र नजिकै विद्युतीय तारमा परी करेन्ट लागेर मरेको गिद्ध । तस्बिर–अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, माघ २९ गते । लोपोन्मूख अति सङ्कटासन्न सूचीमा रहेका गिद्धहरु तनहुँको एक गौ संरक्षण केन्द्र नजिकै  करेन्ट लागेर धमाधम मर्न थालेपछि गिद्ध नै मासिने खतरा बढेको छ । विद्युतीय तारको नजिकै गिद्धको लागि आहारा छाड्ने गरिएकोले त्यसमा ठोकिएर गिद्धहरु मर्न थालेकाले लोप हुुँदै जाने खतरा बढेको हो ।
गिद्धलाई बचाउनको लागि तार नजिक भएको स्थानमा आहारा राख्न नहुने वा तारलाई इन्सुलेटर राखेर जोगाउनुपर्ने संरक्षणकर्मीले बताएका छन् । बेलैमा सर्तकता नअपनाउने हो भने गिद्ध लोप भएर जाने संरक्षणकर्मीको भनाई छ ।
व्यास नगरपालिकाले वडा नम्बर १० शिशुवा भतेरीमा गौ संरक्षण केन्द्रमा मरेका गाई तथा गोरुलाई गिद्धलाई आहारा बनाउन खुला छाडिदिँदा गिद्धहरु ठूलो सङ्ख्यामा खान आउने क्रममा केही करेन्ट सहितको तारमा ठोकिएर मर्ने गरेको स्थानीय रामप्रसाद सापकोटाले बताउनुभयो । गौ संरक्षण केन्द्रलाई अन्यत्र सार्न स्थान अभाव हुने हुँदा विद्युतीय तारलाई करेन्ट नलाग्ने गरी व्यवस्थापन गरेर गिद्धलाई जोगाउनु पर्ने सापकोटा बताउनुहुन्छ ।
सिनो खाने क्रममा शनिबार मात्रै तीन वटा गिद्ध मरेको सापकोटाले जानकारी दिनुभयो । सिनो फालिएको बेला तीनदेखि चार वटा गिद्ध मर्ने गरेको र हालसम्म झण्डै एक सय गिद्ध मरिसकेको सापकोटाले बताउनुभयो । ‘तारलाई खुला नै छाड्ने हो भने करेन्ट लागेर गिद्ध सखाप हुने अवस्था आउँछ संरक्षणको लागि बेलैमा पहलकमी गरिनु पर्दछ’ सापकोटाले भन्नुभयो ।
गौ संरक्षण केन्द्र नेपाल विद्युत् प्राधिकरणको भोर्लेटार–दमौली ३३ केभी प्रसारण लाइन नजिकै रहेकोले गिद्ध करेन्ट लागेर मर्ने गरेको उहाँले जानकारी दिनुभयो । छाडा चौपायलाई व्यवस्थापन गर्न बनाईएको गौ संरक्षण केन्द्रमा झण्डै एक सय वटा गाई रहेका छन् । केन्द्रमा अधिकांश बुढा गाईगोरु रहेका छन् । ति गाई र गोरु गिद्धलाई आहारा होस् भन्ने उद्धेश्यले नगाडीकन छाडा रुपमा छाड्ने गरिएको छ ।
बल्ड डिप्लेटर तथा पोलिथिन पाइपले तारलाई छोपेर बचाउन सकिने गिद्ध विज्ञ समुह सदस्य तथा पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले बताउनुभयो । ‘हामीले स्थलगत अध्ययनमा गिद्धहरु करेन्ट लागेर मरिरहेको अवस्था देख्यौं यसरी नै मरिराख्ने हो भने गिद्ध नै लोप भएर जान्छ सा¥है दुःख लाग्यो’ ढकालले भन्नुभयो ।
आहाराको अभावले गिद्धहरुको सङ्ख्या घट्दै गएको संरक्षणको अभियानमा लागेकाले बताएका छन् । ‘मरिहाले खनेर गाडिने तर खुला ठाउँमा फालिन्न यसले गर्दा गिद्धको आहाराको कमी भएको छ’ गिद्ध विज्ञ समुह सदस्य तथा पोखरा पंक्षी समाजका सचिव ढकालले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?