logo
२०८१ बैशाख ८ शनिवार



संविधानले तोकेको जिम्मेवारी पूरा गर्न सेना तयार : प्रधान सेनापति शर्मा

पढ्नै पर्ने |
खुला |


संविधानले तोकेको जिम्मेवारी पूरा गर्न सेना तयार : प्रधान सेनापति शर्मा


मित्र भण्डारी
दिपायल चैत ९ गते । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संविधान सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्न नेपाली सेना सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पश्चिम कमाण्डअन्तर्गतको पाँच नम्बर वाहिनी अड्डा दिपायलमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सेनापति शर्माले पूर्वसैनिकलाई देशको रक्षा र विकासमा निरन्तर लाग्न आग्रह समेत गर्नुभयो ।

सेनापति शर्माले भन्नुभयो, ‘नेपाल सरकारले नेपाली सेनालाई थप प्रभावकारी बनाउने उद्देश्यले साङ्गठनिक संरचना परिवर्तन गरेको छ । तर नेपाली सेनाको भूमिका परिवर्तन भएको छैन ।’

उहाँले पूर्व सैनिकलाई विदेशमा पसिना बगाउनुभन्दा आफ्नै मातृभूमिमा काम गर्न आग्रह गर्नुभयो ।

अवकाशप्राप्त पूर्व सैनिक तथा आश्रित परिवारसँगको पुनर्मिलन तथा गर्ने उद्देश्यले पाँच नम्बर वाहिनी अड्डा अन्तर्गतका डोटी, बाजुरा, अछाम, बैतडी, बझाङ, दार्चुला डडेल्धुरा गरी सात जिल्लाका पूर्वसैनिक परिवार सम्मेलन दिपायलस्थित राजपुर ब्यारेकमा तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सम्मेलमनमा लघुवित्त कार्यक्रमअन्तर्गत पूर्व सैनिक परिवारलाई सहुलियत दरमा ऋणी समेत उपलब्ध गराइएको छ ।

सम्मेलनमा सहभागी हुन पाँच नम्बर बाहिनी अड्डा अन्तर्गतका डोटी, बाजुरा, अछाम , बैतडी, बझाङ, दार्चुला डडेल्धुरा गरी सात जिल्लाका पूर्वसैनिकहरूले परेड तथा झाँकी प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनमा लघुवित्त कार्यक्रमअन्तर्गत पूर्व सैनिक र उहाँका परिवारलाई सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको थियो । सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकार अधिकृत गौरव तण्डुलले कोषबाट भूपू सैनिकलाई प्रदान गरिने सेवा सुविधाबारे जानकारी गराउनुभएको थियो ।

कल्याणकारी बाेर्डका गतिविधि तथा भावी योजनाबारे जानकारी तथ प्रधान सेनापति शर्माले उनीहरूको गुनासो सुन्ने उद्देश्यले सेनापतिको एक कार्यकालमा प्रत्येक प्रदेश स्तरमा यस्तो सम्मेलन हुँदै आएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलोपटक पश्चिम कमाण्डअन्तर्गतको १९ जिल्ला दिपायलमा बुधबार तथा धनगढीस्थित भवानी दल गणमा बिहीबार सम्मेलनको आयोजना गरिएको छ ।

भूतपूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषलाई बहुआयामिक तथा अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य रहेको सेनाले जनाएको छ ।

भूपूसैनिकका पीरमर्का, गुनासो सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार १५१ हिताधिकारीलाई लक्षित गरी यसपटकको सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपूसैनिकको सामाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोशिस गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?