logo
२०८१ बैशाख ५ बुधवार



तनहुँमा भएको दुर्घटनमा १५ यात्रु घाइते, दुईको अबस्था गम्भीर

पढ्नै पर्ने |
खुला |


तनहुँमा भएको दुर्घटनमा १५ यात्रु घाइते, दुईको अबस्था गम्भीर


अमरराज नहर्की
तनहुँ, चैत्र २२ गते । पृथ्वीराजमार्गमा पर्ने तनहुँको शुक्लागण्डकी–७ सेरामा दुई यात्रु बस एक आफ्समा ठक्कर खाँदा मङ्गलबार दिउँसो दुवैतर्फका यात्रु गरी १५ जना घाईते भएका छन् । पोखराबाट दमौली जाँदै गरेको बा ५ ख ५८१७ र बिपरीत दिशाबाट आउँदै गरेको ग १ ख ५९०० नम्बरको बस एक आपसमा ठोकिदाँ उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये दुईको अवस्था गंभिर र अन्यको मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । लम्जुङको मध्य नेपाल नगरपालिका–५ बस्ने बर्ष ५० को लक्ष्मण रायमाझी र तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बस्ने बर्ष ३२ को राज परियारको अवस्था गंभिर भई पोखरामा उपचार भईरहेको प्रनाउ खड्काले जानकारी दिनुभयो । बाँकी घाइते मध्ये १० को जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा र तीन जनाको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।
प्रनाउ खड्का काभ्रे चौरी देउराली गाउँपालिका ३ बस्ने बर्ष ३३ को नरबहादुर श्रेष्ठ, तनहुँको व्यास नगरपालिका– ६ बस्नेहरु वर्ष ३६ को अजय श्रेष्ठ, बर्ष २७ को दुर्गाबहादुर दुरा, २० की शर्मीला सुनार, २५ की हरि माया आले, वर्ष ३४ की टङकमाया गुरुङ, व्यासकै वडा नम्बर १२ बस्ने बर्ष ७१ की पार्वती बराल, स्याङजाको अर्जुन चौपारी गाउँपालिका–४ बस्नेहरु बर्ष २७ को देवी विक र ६ को आशिष विक घाईते हुनु भएको छ । तनहुँकै म्याग्दे गाउँपालिका–३ बस्ने बर्ष ३० की सङगीता खड्का घाईते हुनु भएको छ । यसैगरी भारत घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ बस्ने बर्ष ३५ को कृष्ण गुप्ता घाईते हुनु भएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ कार्कीटार बस्नेहरु वर्ष ६२ को राजकेशर कार्की र वर्ष ६० की रुपा कार्की घाईते हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?