प्रत्येक जिल्लालाई एक करोड, पाँच जिल्लामा एक एक सय बेड थप्ने
गोरखापत्र अनलाइन
बैशाख २०, २०७८ सोमबार
कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्येक जिल्लामा एक÷एक करोड तत्त्काल उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन आपूर्तिलगायतको व्यवस्थापन गर्न प्रत्येक जिल्लामा एक करोड रुपियाँ उपलब्ध गराउने निर्णय गरेको हो ।