मुख्यमन्त्री पोखरेलकाे राजीनामा स्वीकृत, संसदीय दलकाे बैठक शुरू
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भएकाे छ । आजै प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँको राजीनामा स्वीकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिइएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाउनुभएको छ ।