कुशेमा अज्ञात रोगले दुई बालकको मृत्यु, आधा दर्जन बिरामी
गोरखापत्र अनलाइन
बैशाख १९, २०७८ आईतवार
कुशे गाउँपालिकाको ८ हिजा पहाडामा दुइ बालकको मृत्यु भएको छ । बुधबार र शनिबार बिहान ७ बजे स्थानीय मेडिकलमा उपचारको क्रममा दई बालकको मृत्यु भएको हो ।
कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले अज्ञात रोगका कारण कुशे गाउँपालिका ८ का १ बर्षका पुजना तिरूवा र नौ महिनाका जगत खड्का रहेको बताउनु भयो । चार पाँच दिन अगाडिदेखि एक्कासी ज्वरो आउने, बान्ता गर्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानिय मेडिकलमा लैजादै गर्दा बाटोमै...