पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा, चालकसँग सिधै सम्पर्क गर्न सकिने
रासस
बैशाख १७, २०७८ शुक्रबार
काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि पाँच स्थानबाट निःशुल्क एम्बुलेन्स सेवा दिएको छ । महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पु-याउन नसक्दा अकालमा ज्यान जाने सक्ने भन्दै नागरिकले समान पहुँच पाऊन् भन्ने उद्देश्यले कामपाले पाँच स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो । नागरिकले यी सेवा पूर्णरूपमा निःशुल्क प्रयोग गर्न पाउनेछन् ।
राष्ट्रिय सभागृह, ट्रलीबस परिसर,...