सुन्तलाबोट सुन फल्ने बोटः तनहुँका कृषकले कमाए २३ करोड
गोरखापत्र अनलाइन
पुष २३, २०७७ बिहीबार
‘सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानु भन्ने मन टाढी गो...’
बोलको कुन्ती मोत्तानले गाएको यो गीत ठ्याक्कै मेल खान्छ सुन्तलाको ग्राहकको लागि । सुन्तला चाखी खानु भनेर पठाउनेको मन टाढिएकाले सुन्तला किन्नु पर्ने अवस्था छ । कृषकले केही समय पहिला सम्म आफूले खान, आफन्तलाई कोशेलीको रुपमा पठाउन घर वरीपरी शौख तथा सौन्दर्यताको लागि हुर्काउने सुन्तलाको बोट अहिले व्यावसायिक बनाएका छन् । व्यावसायिक रुपमा सुन्तलाको बोट हुर्काएर...