मनाङमा हिमपात: चिसो बढ्यो, जनजीवन प्रभावित (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष २१, २०७७ मंगलवार
हिमाली जिल्ला मनाङको वस्तीसम्म हिउँ परेको छ । मनाङको माथिल्लो क्षेत्रमा मंगलबार विहानैबाट हिउँ परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार विहानैदेखि हिउँ पर्दा चिसो बढेको छ । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार सोमबार बेलुका केही मात्रामा हिउँ परेको थियो । मंगलबार दिउँसोसम्म पुनः हिउँ परेको उहाँले बताउनुभयो । ‘गाउँसम्मै हिउँ परेको छ । यो दोस्रो पटक हो मनाङमा हिउँ परेको’ उहाँले भन्नुभयो,...