आगामी जनगणनामा घरको पनि पूर्ण गणना गरिने
गोरखापत्र अनलाइन
मंसिर २६, २०७७ शुक्रबार
राष्ट्रिय जनगणना २०७८ मा मानिसको मात्र नभई घरको समेत पूर्ण गणना गरिने भएको छ ।
बाह्रौँ राष्ट्रिय जनगणनामा पहिलोपटक घरको तला, आयू तथा प्रयोजनसहित पूर्ण गणना गरिने केन्द्रीय तथ्यांक विभाग, जनसंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । जनगणनामा घरको समेत पूर्ण गणना गरिन लागेको यो पहिलोपटक हो ।
घर तथा घरपरिवार सूचीकरणअन्तर्गतका प्रश्नावलीमा घरसम्बन्धी केही आधारभूत प्रश्नहरु समावेश गरिएको निर्देशक लामिछानेले...