पशुपतिनाथ मन्दिर नौ महिनापछि खुल्दै, दर्शनार्थी खुशी
रासस
मंसिर ३०, २०७७ मंगलवार
सूर्यविनायक नगरपालिका–९ कटुञ्जे निवासी परशुराम ढुङ्गेलको दैनिकी बिहानको नित्य कर्म सकेपछि पशुपति दर्शनबाट शुरु हुन्थ्यो । पशुपति दर्शनपछि करीब दुई घण्टा मूल मन्दिर परिसरमा भजन गरेर आनन्द लिने उहाँको दैनिकी टुटेको पनि नौ महिना पूरा भएको छ ।
“पशुपतिमा नित्य दर्शनपछि भजन एवं नृत्य गर्न छोडेका कारण शरीरका विभिन्न भागमा दुख्न थालेको छ, पशुपतिको दर्शन र भजन गर्न नपाउँदा म अस्वस्थ भएको छु, विसं २०६० देखि नियमित पशुपतिमा...