दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, पाँच दिनलाई वडा सिल
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७७ मंगलवार
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ । दशै मनाउने गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भए पछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्र्तिक १५ गते राती १२ बजेसम्म लागु हुने गरी वडा क्षेत्र सिल गरेको हो ।
वडा भित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामाग्री, खाद्यन्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने...