दशैंमा कस्तो खसी, बोका, भेंडा, च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो ?
रासस
कार्तिक २, २०७७ आईतवार
काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशँैका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ ।
कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरोे आए/नआएको, नाकबाट सिँगान...