सवारी दुर्घटनामा ४३ को मृत्यु, जघन्य अपराधका घटना कम भए
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७७ शुक्रबार
फुलपातीदेखि एकादशीसम्मको पाँच दिनको सयममा नेपालभरमा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार यो समयमा ३३४ वटा सवारी दुर्घटनामा परेर ४३ जनाले ज्यान गुमाएका हुन् भने ५२९ जना घाइते भएका छन् ।
दशैको पाँच दिनमा जबरजस्ती करणीका चार ओटा घटना, कर्तव्य ज्यान ११ वटा र चोरीका घटनाहरु १६ वटा भएका छन् । प्रवक्ता कठायतका अनुसार विगतका बर्षहरुमा प्रहरीले घटस्थापनादेखि...