विद्यालय नखुल्दा राेकियाे पठनपाठन, वैकल्पिक माध्यमले काम गरेन
गोरखापत्र अनलाइन
आश्विन २५, २०७७ आईतवार
वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालकको स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उहाँ न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर अन्य माध्यमबाट पढ्न सक्नुहुन्छ । विद्यालयमा साथीहरूसँग खेल्दै, रमाउँदै पढेको सम्झँदा उहाँलाई पीडा हुन्छ । र, मनमा एउटै प्रश्न खेलिरहन्छ– ‘स्कूल कहिले खुल्ला ?’
स्वस्तिका मात्र होइनन्, उहाँजस्ता थुप्रै दृष्टिविहीन बालबालिका कोरोना कहरको कारण अध्ययनबाट...