चोर र कोभिडसँग जुध्ने रणनीति कोर्दै प्रहरी, ड्राेनले गस्ती गर्ने
गोरखापत्र अनलाइन
आश्विन २०, २०७७ मंगलवार
अहिले घरघरमा दशै कसरी मनाउने भन्ने छलफल जारी छ तर सुरक्षा निकायहरु भने बेग्लै योजनामा छन् । विगतका दशैंहरुमाभन्दा यो बर्षको दशैंमा प्रहरीलाई दोहोरो जिम्मेबारी छ । एकातिर दशैंमा हुन सक्ने संम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने दायित्व छ भने अर्काेतिर कोभिड–१९ को महामारी नियन्त्रण गर्ने ऐतिहासिक दायित्व छ ।
नेपालीहरुको ठूला चाड दशैं, तिहार, छठ तथा नेपाल सम्वतमा हुन सक्ने संम्भावित...