मुख्यसचिवमा बैरागी, राजदूतमा खतिवडा र रेग्मी सिफारिस
गोरखापत्र अनलाइन
आश्विन १५, २०७७ बिहीबार
सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयाे ।