दुई महिनामा एक लाख पुगे, स्थानीय उत्साहित, होमस्टे बनाउन अनुदान
गोरखापत्र अनलाइन
आश्विन १२, २०७७ सोमबार
काभ्रे पलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको रमणीय झरना फेला परेको समाचार निकै लोकप्रिय बन्यो । लामो समयदेखिको लकडाउनबाट विरक्तिएका उपत्यकाबासीहरुबीच नयाँ पर्यटकीय गन्तव्यको रुपमा रोशी गाउँपालिकामा रहेको तीनधारे झरनालाई रोजेपछि दुई महिनाकै बीचमा एक लाखभन्दा धेरै पर्यटक झरनामा भिजेर रमाउन पुगे ।
एकातिर काठमाडौंबाट ६० किलोमिटरको दुरी र घाम लागेको समयमा झरना नजिकैसम्म पुग्न सक्ने कच्ची बाटो भएकाले पर्यटनको आकर्षणमा...