महिलालाई फरक पर्दैन, घरधन्दाले थिच्छ, भ्रमण प्याकेज दिए राम्रो
मुकुन्द गैरे
आश्विन १२, २०७७ सोमबार
अधिकांश महिलाले घरको चुलोचौकोका कामदेखि घरायसी सबै काम सिध्याएर बाहिरको काममा जानुपर्ने बाध्यता छ । हाम्रो जस्तो मुलुकमा घरको काम महिलाले नै गर्र्र्नैपर्छ भन्ने मान्यताले झन् पुरुषको तुलनामा महिलाको काम धेरै हुनेगर्छ ।
सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नको लागि भनेर हप्तामा दुईदिने विदा दिने विषयमा छलफल अगाडि बढाएको छ । यो व्यवस्था भए आन्तरिक पर्यटन प्रवद्र्धन हुने र बाहिर काम गर्ने महिलाको लागि राहत मिल्ने...