सावधानी अपनाएर मनोबल उच्च पार्दा सजिलै जितिन्छ
रासस
भाद्र २२, २०७७ सोमबार
प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो ।
कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो प्रभावितको उद्धार, जिल्लामा अतिविशिष्ट पाहुनाको आउजाउ, नियमित हुने बैठक÷छलफल, अपराध नियन्त्रणका क्रममा हुनुपर्ने दौडधूपका क्रममा उहाँ पनि सङ्क्रमित हुन पुग्नुभयो ।