गुर्जाेप्रति बढ्दो मोहः उबेला गोरुलाई, अहिले मान्छेलाई
गोरखापत्र अनलाइन ,
भाद्र १५, २०७७ सोमबार
मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसहरुले गुर्जाेको लहराको चर्चा गरेको सुन्नुभयो । जंगलमा पाइने गुर्जाे खोजेर ल्याएपछि थाहा भयो कि, उहाँका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जाे रहेछ ।
मकवानपुरको पहाडी भेगका अधिकाँश जंगलहरुमा गुर्जाेको लहरा छ्यापछ्याप्ती पाइन्छ । कोरोना संक्रमणमा परेका ब्यक्तिलाई रोग प्रतिरोधी क्षमता बढाउनका लागि विभिन्न तरिकाले...