कोरोनामा ट्राफिक सजगताः नमस्कारपछि मात्र कारबाही !
गोरखापत्र अनलाइन ,
भाद्र १४, २०७७ आईतवार
कोरोना संक्रमणको जोखिम भए पनि कर्तव्य पालनको लागि ट्राफिक प्रहरीले संकटमा सतर्कता अपनाउँदै सवारी चेकजाचमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।
ट्राफिक प्रहरीले पहिलो पटक सवारी रोकी सके पछि अनिवार्य सवारी चालकलाई नमस्कार सर, म्याडम भनि सम्बोधन पश्चात मात्र अन्य कारवाही अगाडी बढाउने अभ्यासको सुरुवात गरेको हो ।
बागलुङ बजारको समुदायस्तरमा कोरोना संक्रमण फैलिए पछि भदौ तीन गतेदेखि निषेधाज्ञा जारी छ । संक्रमण रोकथाम तथा...