१७ वर्षदेखि श्रीमान्को प्रतिक्षामाः रिहाइको पहल गरिदिन आग्रह
रासस
भाद्र ८, २०७७ सोमबार
जिल्लाको दुहुँ गाउँपालिका—४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ होला र छिट्टै घर फर्केलान भन्ने आशमा उहाँ हुनुहुन्छ ।
विवाह भएपछि श्रीमान्सँगै समय बिताउने र कोखमा बच्चा समात्ने रहर कसको हुँदैन् र ? सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेका धनुसा श्रीमान्को न्यायको पर्खाइमा छिन् । चौध वर्षको कलिलो...