प्रयोग भएको मास्क जथाभावी विसर्जनः सङ्क्रमणको जोखिम बढ्दो
रासस
भाद्र ४, २०७७ बिहीबार
कोरोना भाइरस सङ्क्रमण बढेसँगै चितवनमा मास्क लगाउनेको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृतिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । यहाँका सडक, सडकपेटी र गल्लीमा प्रयोग भएको मास्क जथाभावी फालिएको देखिन्छ । यसरी मास्कको उचित प्रयोग र बिसर्जन हुन नसक्दा सङ्क्रमण फैलिन सक्ने विज्ञहरू बताउँछन् ।
मास्कको भित्रि भागमा थुक, ¥याल, सिगान र वाहिरी भागमा अरुको थुकको छिटा परेको...