महामारीमा अग्रपङ्क्तिमा खटेका २१ वर्षे दीपकको अनुभव
रासस
श्रावण ५, २०७७ सोमबार
कोरोना सङ्क्रमणको जोखिम सबैलाई हुन्छ र त्योभन्दा बढी स्वास्थ्यकर्मीलाई हुन्छ । तर स्वास्थ्यकर्मी कार्यस्थलमै छन्, नागरिकको सेवा गरिरहेका छन् । कोरोनाको महामारीका कारण विश्व नै अक्रान्त रहेका बेला यसको रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्ति (फ्रन्ट लाइन) मा खटिएका स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।
कोरोना सङ्क्रमण फैलिइरहेका बेला नेपालका कतिपय स्वास्थ्यकर्मी भरपर्दाे स्वास्थ्य सुरक्षा उपकरणविना...