लमजुङको मर्स्याङ्दी गाउँपालिकामा पहिरो, १४ घर पुरिए
गोरखापत्र अनलाइन
श्रावण ७, २०७७ बुधबार
अविरल वर्षापछिको पहिरोले बुधबार मर्स्याङ्दी गाउँपालिका-३, पल्लोटारीका १४ घर पुरिएका छन् । आइतबार, सोमबार र मङ्गलबार रातभर परेको पानीका कारण गाउँमाथिबाट पहिरो खसेर घर पुरिएको स्थानीयले बताएका छन् । मङ्गलबार बिहान ८ बजेतिर पहिरो खस्दा चार घरमा पहिरो पसेकोमा बुधबार बिहान १० बजेतिर गाउँमाथिबाट ठूलो पहिरो खसेको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार बिहानको समय भएकाले मानिस बाँच्न सफल भएका छन् ।
ठूलो...