पहिरोको पूर्वसङ्केत आउनसक्छ, चनाखो हुनुहोस्
गोरखापत्र अनलाइन ,
श्रावण ६, २०७७ मंगलवार
जमिनमुनिबाट चट्टान फुटेको जस्तो कट्कट् आवाज आउनु, रुख ढल्दै ढुङ्गा माटो सोहोर्दै अङ्जङ्गको आवाज आउनु, रुख बिजुलीका पोल र घरका खाँवाहरू ढल्कनु, घरका भित्ता वा पर्खालहरू चिरा पर्नु, जरुवा पानीको मूल सुक्नु र धमिलो आउनु पहिरोका पूर्वसङ्केतहरू रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।