महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?
रासस
श्रावण ४, २०७७ आईतवार
लन्डन, साउन ४ गते । गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक हो । अहिले भने यहाँ यो महामारीको असर निकै कम हुँदै गएको देखिएको छ । बेलायतमा हालसम्म करीब ४६ हजार मानिसको यसै महामारीका कारण मृत्यु भएको छ । हिजोआज भने दिनमा १०० भन्दा कमैको ज्यान जाने गरेको छ । यहाँ महिना दिनअघि सम्म कुनै दिन त एक...