logo
२०८१ माघ २४ बिहीवार



दक्षिण कोरियाली सरकारद्वारा ५० हजार थान पीसीआर किट प्रदान

पढ्नै पर्ने |
खुला |


दक्षिण कोरियाली सरकारद्वारा ५० हजार थान पीसीआर किट प्रदान


काठमाडौँ, असार २ गते । दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गर्नुभयो । कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?