कर्णालीमा १६ काेराेना सङ्क्रमित थपिए, कुल सङ्क्रमित ६५७
गोरखापत्र अनलाइन
जेष्ठ २६, २०७७ सोमबार
कर्णाली प्रदेशमा सोमबार १६ कोरोना सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा १६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् । थप भएपछि कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या ६५७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले सोमबार दिउँसो १२ः४५ मा प्रकाशित गरेको सूचना अनुसार थपिएकामा दैलेखका १० जना रहेका छन् । यस्तै, सल्यानमा पाँच र सुर्खेतमा एक जना थपिएका छन् । कोरोनाका...