logo
२०८१ बैशाख १९ बुधवार



गलत काम गर्नेलाई जबाफदेही बनाउन विधेयक-प्रबक्ता बाँस्कोटा

राष्ट्रिय |
मुख्य समाचार |


गलत काम गर्नेलाई जबाफदेही बनाउन विधेयक-प्रबक्ता बाँस्कोटा


अर्घाखाँची समाचारदाता
अर्घाखाँची,भदौ ७ गते । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकासको रहेको बताउनु भएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका ३ ठाँडामा शनिबार रेडियो शितगंगाको उद्घाटन गर्दै उहांले बर्तमान सरकारले मुलुकमा समृद्धिको जग बसालिसकेको र यसको परिणाम अबको केही समयमा देखिने बताउनुभयो ।
मन्त्री बास्कोटाले उत्पादनका क्षेत्रहरुलाई बलियो बनाउँदै उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिका आधारहरुलाई साकार पारिने बताउनुभयो । त्यसो गर्न नसके उपलव्धिहरुको पनि रक्षा हुन नसक्नेतर्फ सरकार सचेत रहेको उहाँले उल्लेख गर्नुभयो ।
सरकारले तय गरेका समृद्धिका आधारहरुलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्ने गरी योजना बनाइरहेको उहाँले जानकारी गराउनुभयो ।
मन्त्री बास्कोटाले दशकौं लामो संकल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीहरूले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पार्नुभयो । आर्थिक विकासको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति गर्ने वातावरण तयार पारिसकेको उहांले जानकारी गराउनुभयो ।
प्रबक्ता बास्कोटाले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन दिंदै विकासका काममा कुनै पनि प्रकारको राजनीति गर्न नहुने बताउनुभयो । नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उहाँले जनचाहना अनुरुप कै कामहरू अगाडि बढाइएको बताउनुभयो ।
आमसञ्चारका माध्यमलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाइने बताउँदै उहाँले हाल प्रस्तावित विधेयकले आमसञ्चारलाई नै बलियो बनाउने प्रष्ट पार्नु भयो । ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यहीँ असत्यलाई पुष्टि गर्न कैयन झुटहरू बोल्ने र लेख्नेहरू पनि छन्’ उहाँले भन्नुभयो, ‘यस्तै गलत काम गर्नेहरुलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।’
कार्यक्रममा अर्घाखाँची जिल्लाका जनप्रतिनिधि चेतनारायण आचार्य, रामजिप्रसाद घिमिरे,जालापा भुसाल,नजिर मिया लगायतले बोल्नुभएकोथियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?